प्रथम फ्लो फ्लो कप फुटबलः तेस्रो दिन ७ खेल

पाेखरा | फागुन १७, २०७९

प्रथम फ्लो फ्लो कप फुटबलः तेस्रो दिन ७ खेल

पोखरा:   पोखरा १३ माछापोखरीमा जारी प्रथम फ्लो फ्लो कपमा बुधवार देखी दोश्रो चरणको खेल शुुरु भएको छ । 


गन्नी एफ सी फुटबल क्लबको आयोजनामा जारी फ्लो फ्लो कपमा बुधवार सम्पन्न पहिलो खेलमा प्रो फिट फुटबल क्लबले नमुना फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो । 


खेलमा प्रोफिटका आशिस कुंवर र प्रवेश गुरुङले १–१ गोल गर्न सफल भए । त्यसैगरी दोश्रो खेलमा बी १३ ले बीवाइएस एफ सीलाई ६–० कोे फराकिलो गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा बी १३ को तर्फबाट दीपेश गुरुङले ५ र सन्देश देवकोटाले १ गोल गरे । 


तेश्रो खेलमा केआइइसी बोन एफसीले दीनेश एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा केआइइसीका तर्फबाट अविनाश तामाङले निर्णायक गोल गरे । 


चौथो खेलमा एलजी एकताले दीप १६ लाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा एलजीको तर्फबाट प्रशान्त गुरुङले निर्णायक गोल गरे । पांचौ खेलमा रामघाट एफसीले ढुंगेसांघु एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो । उक्त खेलमा रामघाटका गंगा गुरुङ र प्रविन  गुरुङले समान १–१ गोल गरे । 


त्यसैगरी पांचौ खेलमा रत्न समाजलाई सैनिक एफसीले २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा सैनिकको तर्फबाट सुजल गुरुङ र बिकास परियारले समान १–१ गोल गरे । त्यसैगरी बुधबार सम्पन्न अन्तिम खेलमा रत्नचोकले संगम एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा रत्नचोकका अभिषेक गुरुङले निर्णायक गोल गरेका थिए । 


प्रतियोगितामा बिजेतालाई नगद २ लाख ११ हजार  १ सय ११ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन  । त्यसैगरी उपबिजेताले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार नगद  र ट्रफि प्रदान गरिने छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्